भारत जान लागेकी सरिता गिरीलाई सीमाबाट फर्काइयो

२ असार,काठमाण्डौ ।
लकडाउनका बेला भारत(माइती) जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सिमाबाट फार्काइएको छ । सांसद गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका हुन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी काठमाडौंबाट गृहजिल्ला सिराहा पुगेकी थिइन् ।लकडाउनका बेला भारत जान लागेकी गिरीलाई नेपालतर्फका सुरक्षाकर्मीले जान मिल्दैन भनेको थियो भने भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भनेपछि फर्काइएको स्रोतको दावी छ । सांसद गिरीको माइती बिहार हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।