दोषी पाइए सेनालाई पनि छाडिन्नःओली

२ असार,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा अनियमिता गर्ने कसैलाइ पनि छाड्ने बताएका छन् । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।सोही क्रममा प्रधानमन्त्रीले भने,- कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथामका बिषयमा भएको खर्चमा यदि नेपाली सेना दोषी पाइए उनीहरूलाइ पनि छाडिन्न।’ त्यस्तै प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।