नेपालमा कोरोना संक्रमित ६२११ पुग्यो

१ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमाको कोरोना संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । यस्तै कोरोनाभाइरसको संक्रमणबाट निको भएर हालसम्म १ हजार ४१ जना घर फर्केका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।