२९ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार दिउसो ४ बजेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।यस्तै मृतक संख्या १५ रहेको छ ।






