कक्षा ११ को पनि परिक्षा नहुने,कलेजले पठाएको नम्बर अनुसारको नतिजा आउने !

२९ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसका कारण लामो समय सम्म लकडाउन हुदा उच्च माध्यामिक तहको परिक्षा संगै कक्षा ११ को परिक्षा पनि नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइई र कक्षा ११ को परीक्षा नगर्ने निर्णण गरेको हो । बैठकले स्कुल,कलेजको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गर्ने निर्णय समेत गरेको छ । यो निर्णयअनुसार अब स्कुल र कलेजले बिध्यार्थीलाई जति नम्बर राखेर परिक्षा बोर्डमा पठाउछ त्यसैअनुसारको नतिजा आउनेछ । तर,कक्षा १२ को परिक्षा भने हुने निर्णय गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।