२७ जेठ,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो। नयाँ थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन् । मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।
त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ ।






