२७ जेठ,काठमाण्डौ ।
नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बिशेषज्ञहरुले बताइरहेका बेला आरडिटि प्रणाली बाट गरिएको परिक्षणले जनताहरुलाई झुक्काइरहेको छ । आरडिटिमा नेगेटिभ आएकाहरुको पिसिआरमा पोजेटिभ आएका र केहि आरडिटिमा नेगेटिभ आएपछि घर पठाइएकाहरुको क्वारेन्टिन बाट घर फर्के लगत्तै मृत्यु भएको हुदा नेपालमा आरडिटिलाई बिश्वास गर्न सकिने अबस्था
नभएको भन्दै सरकारको आलोचना हुदै आएको छ । यसैबिच सरकारले आरडिटि रोकेर पिसिआर परिक्षण बढाउनु पर्ने,सरकार निदाएर बसेको भन्दै बालुवाटारमा धर्ना दिन गएका युबाहरुलाई प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेको छ । कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए।
उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो । करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए । त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहराले हानिएको थियो भने लाठी चार्ज गरिएको थियो ।







