रुपन्देहीमा हत्या गरिएका पाँच जनाको पहिचान खुल्यो

२७ जेठ,अर्घाखाँची ।
रुपन्देहीको जिल्लाको तिलोत्तमा १० स्थित कान्छीबजार गाँउमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्‌ ।हत्यामा संलग्‍न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू स‌ंलग्न रहेको बताएका छन्‌ । हत्याको कारण खुलिसकेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।