रुपन्देहीमा ५ जनाको हत्या

२७ जेठ,बुटवल ।
रुपन्देहीको जिल्लाको तिलोत्तमा १० स्थित कान्छीबजार गाँउमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको स्रोत बताउछ ।घटना गए रातीको हुन सक्ने आंसका गरिए पनि यकिन भएको छैन। साथै घटनामा मृतकको पहिचान समेत खुलेको छैन । अहिले घटना स्थलमा प्रहरी जादै गरेको खबर छ । स्थानीय प्रदीप थापाले बिहानै ‘गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।