२७ जेठ,काठमाण्डौ ।
पूर्व युवराज्ञी हिमानी शाह पनि टीकटकमा छाएकी छिन् । छोरी पूर्णिका शाहको एकाउन्टमा उनले छोरीहरुसंग नेपाली गीत ‘गुराँसको वोटमुनि’ बोलको गीतमा अभिनय सहतिको सामान्य नृत्य गरेकी छिन् । यस्तै उनले ‘यो मन त मेरो नेपाली हो’बोलको गीतमा पनि देखा परेकी छिन् ।छोरी पुर्णिका र कृतिकाको सो टिकटक भिडियोलाई
अहिलेसम्ममा १ लाख १८ हजार भन्दा बढी पटक हेरिएको छ भने १३ हजार बढीले मन पराएका छन् । यस्तै करिब १ हजार ६ सयले शेअर समेत गरेका छन् ।उनले भनेकी छिन्, यी सवकुरा हामीलाई आमावाट प्राप्त भएको हो । इमान्दार भएर भन्दा हामीसंग अद्भूत आमा हुनुहुन्छ । पूर्णिकाको टिकटकमा १४ हजार फलोअर छन् । पूर्णिकाका अन्य ४ वटा टिकटक भने अंग्रेजी गीतहरुमा रहेका छन् । पूर्णिकाले २५ जनालाई टिकटकमा फलो गरेकी छिन् ।







