नेपालका चिकित्सकहरुमा समेत कोरोना पुष्टी

२६ जेठ, चितवन ।
नेपालमा कोरोनाभाइरसले बिभिन्न जिल्लाहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत कोरोनाभाइरस पुष्टी भएको छ । यसैबिच चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।