कोरोना कहरः भारत पाँचौ स्थानमा,नेपाल उच्च जोखिममा

२६ जेठ,काठमाण्डौ ।
युरोप,अमेरिका लगायतका देशहरुमा नियन्त्रणमा आइसकेको कोरोनाभाइरस (कोभिड१९)को संक्रमण यतिबेला भारत र नेपालमा आगो झै फैलिएको छ ।अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन् । अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ७लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन् ।अमेरिकामा १९ हजार ९ सउ २३ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिका पछि ब्राजिलमा संक्रमण उच्च छ । ब्राजिलमा हालसम्म ६ लाख ९१ हजार ९ सय ६२ जनामा संक्रमण भेटिएको छ भने ३६ हजार ४ सय ९९ जनाको ज्यान गइसकेको छ। अ रुसमा ४ लाख ६७ हजार ६ सय ७३ जना संक्रमित रहेको छन् ।

रुसमा भने मृतकको संख्या पाँच हजार ८ सय ५९ मात्रै छ। स्पेनमा संक्रमितको संख्या २ लाख ८८ हजार ६ सय ३० रहेको छ। त्यस्तै त्यहाँ २७ हजार १ सय ३६ को ज्यान गइसकेको छ। बेलायतमा ४० हजार पाँच सय ४२ जनाले ज्यान गुमाउँदा २ लाख ८६ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ।

संक्रमितका आधारमा भारत पाँचौं स्थानमा रहेका छ । भारतमा २ लाख ५७ हजार ४ सय ८६ जना संक्रमित रहेका छन् भने ७ हजार २ सय ७ जनाको ज्यान गएको छ । भारतबाटै नेपालमा कोरोनाभाइरसको संक्रमण भित्रिएकाले नेपाल समेत उच्च जोखिममा रहेको छ । भारत संगको नाका खुले लगत्तै नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । अहिले दैनिकजसो दुई सय भन्दा बढी कोरोना संक्रमित पुष्टी भैइरहेका छन् ।

कोरोनाभाइरसको विश्वभर हालसम्म ७० लाख ८५ हजार ७ सय २ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै चार लाख पाँच हजार २ सय ७२ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३४ लाख ५९ हजार ८सय ३० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।