२५ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको महामारी फैलिएको छ । पछिल्लो साता दैनिक २ सय भन्दा बढी नयाँ संक्रमितहरु पुष्टी भैइरहेको छ । यसैबिच पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब
नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।






