तपाईलाई डिभी पर्यो भन्ने म्यासेज साँचो होईन् – अमेरीकन दुतावास

२५ जेठ,काठमाण्डौ ।
अमेरिकाले हरेक बर्ष खुलाउने चर्चित ईडिभी (अन्य मुलुकका नागरिकहरुलाई आवासिय भिसा दिनका लागि खुलाईने ईलेक्ट्रिक डाईभर्सिटि भिसा (इडिभी)को नतिजा शनिबार राती सार्वजनिक भएको छ । ईडिभीको नतिजा सार्वजनिक भए लगत्तै नेपाल स्थित अमेरीकी दुतावासले एउटा सन्देश जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ । ‘‘याद राख्नुहोस, तपाईलाई डिभी पर्यो वा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा म्यासेज हामी तपाईलाई पठाउँदैनौ’’ दुतावासको आधिकारीक ट्वीटरमार्फत जारी सन्देशमा लेखिएको छ, ‘‘यस्तो दावी गरिएका र तपाईलाई डिभी पर्यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साचो होइनन्।’’

ईडिभीलगायत अन्य बहानामा ठगी गर्ने गिरोह सकृय रहेको जानकारी पाएपछि दुतावासले यस्तो सन्देश जारी गरेको हो । डिभि भरेकाहरुले आफ्नो नतिजा वेभसाईटमा हेर्न मिल्ने हुनाले ठगहरु बाट बँच्नका लागि दुताबासले सन्देश जारी गरेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।