भरतपुर अस्पतालमा एक युवकको मृत्यु,कोरोनाको आशंका

२४ जेठ,चितवन ।
चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान उपचाररत एक युवकको मृत्यु भएको छ । मृतक माडी नगरपालिकाका २७ वर्षीय युबा हुन् । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । मृतकमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएको छ । मृतकको अहिले कोरोना परिक्षणका लागि स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।नेपालमा अहिले सम्म करिब ३ हजार जनामा कोरोनाभाइरस इुष्टी भइसकेको छ भने ११ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।