इटालीमा भन्दा भारतमा कोरोना संक्रमित धेरै, सकृय संक्रमित विश्वकै चौथो स्थानमा

एजेन्सी
भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ । इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् । यो सूचीमा अमेरिका, ब्राजिल, रुस, स्पेन र बेलायत भारतभन्दा अगाडि छन् । सक्रिय संक्रमितका आधारमा भने भारत चौथो नम्बरमा छ । भारतमा कुल संक्रमितमध्ये १ लाख १४ हजार ७३ जना निको भइसकेका छन् भने ६ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । १ लाख १६ हजार २ सय ३२ जनामा सक्रिय संक्रमण छ । भारतभन्दा ज्यादा सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् ।

अर्को दक्षिण एशियाली देश पाकिस्तान कुल संक्रमितका आधारमा यो सूचीमा १७ औं स्थानमा छ । यहाँ, कुल ९३ हजार ९ सय ८३ मा संक्रमण देखिएकोमा १ हजार ९ सय ३५ जनाको ज्यान गएको छ, ३२ हजार ५ सय ८१ जना निको भएका छन् । ५९ हजार ४ सय ६५ जनामा संक्रिय संक्रमण अर्थात् एक्टिभ इन्फेक्सन छ । सक्रिय संक्रमितका आधारमा पाकिस्तान अति प्रभावित देशको छैटौं स्थानमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।