२३ जेठ,कास्की ।
पोखराको कारागारभित्र एक भारतीयद्वारा आन्तरिक धन्दा चलाउँदै आएको र गुण्डागर्दी गर्दै आएको सूचना हामीलाई प्राप्त भएको छ र यो सूचना केहि समय अगाडि कास्की कारागारबाट निस्किएका केही दर्जन पीडित ब्यक्तिले बताएका छन् ।उनीहरूका अनुसार कास्की कारागार (ब्लक क) मा एक भारतीय ( सुरज बर्मा) केहि वर्ष अघिबाट लागुपदार्थ बेचबिखन मुद्दाको सजाय
भोगी रहेका छन् । तर ती भारतीय कारागारभित्र एक कैदी होइन एक ठुला भ्रष्ट ब्यापारी भएका छन् । ती भारतीयले कारागारको प्रशासन संग मिलेर भित्रको खाद्यान्न पसलदेखि सबै ब्यवसाय एकलौटी रुपमा चलाएर कारागारभित्र खाद्यान्नदेखि फोन कलसम्ममा निर्मम महङ्गी रहेको उनीहरु बताउँछन् ।
ती भारतीयले नेपाली कैदीहरुलाई अनेकौं मानसिक तथा शारीरिक यातना समेत दिदै आएका उनीहरू बताउँछन् । कारागारभित्रका कैदीका नाइकेहरुलाई केहि प्रतिशत लाभ दिने गरेको ठहर गर्दै आफू त्यहाँको कैदी नभई एक डन रहेको र आफ्नो विपक्षमा कोहि कतै केही बोले ज्यान लिने धम्की समेत दिने गरेको पीडितहरु बताउँछ्न्।







