२२ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसले उग्र रुप लिन थालेपछि देशमा स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्लाई पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा
स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर स्वीकृत भइनसकेको जनाएका छन् । आजै बस्ने मन्त्रीपरिषद्को बैठकले सो प्रस्तावमाथि छलफल गरी स्विकृत गर्ने बुझिएको छ । नेपालमा बिहिबार दिउसो सम्ममा २ हजार ६ सय २९ जनामा कोरोना पुष्टी भएको छ ।






