नेपालमा कोरोना आक्रमक बन्दै २४ घण्टामा ३३४ नयाँ पुष्टी,पुग्यो २६२९

२२ जेठ,काठमाण्डौ ।
युरोप,अमेरिका लगायतका कोरोनाभाइरसले ब्यापक रुप लिएको देशहरुमा कोरोनाभाइरस नियन्त्रणमा आईसकेको छ । तर,नेपालमा अहिले कोरोना आक्रमक बन्दै गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३४ नयाँ केस पुष्टी भएका छन् ।यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या २ हजार ६ सय २९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी गराएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।