क्वारेन्टाइनमा मृत्यु भएका दुई जनाको स्वाब परीक्षण गरिँदै

२१ जेठ,काठमाण्डौ ।
डडेलधुरा र पाल्पामा क्वारेन्टाइनमा बसेका २ जनाको मृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका असिग्रामस्थित आधाभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बसेकी एक महिलाको गएराती मृत्यु भएको छ ।दुई दिनअघि भारतबाट नेपाल आएकी उनी राती शौचालय जाने क्रममा एक्कासी बोहोस भएको र घटनास्थलमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष कमला ठगुन्नालेजानकारी दिइन् । बान्तामा रगत पनि देखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।त्यस्तै भारतबाट फर्किएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको पनि पाल्पाको आइसोलेसन कक्षमा मृत्यु भएको छ ।

पाल्पाको युटाइटेड मिसन अस्पतालको आइसोलेसमा उनको हिजो मृत्यु भएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए ।स्वास लिन समस्या भएपछि उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।