२० जेठ, काठमाडौं ।
रुकुम पश्चिमको नगरपालिका–८ सोती गाउँ स्थित एक किशोरी संग अन्तरजातीय बिहे गर्न खोजेको निहुँमा स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये थए एक जना युबाको शब मंगलबार फेला परेको छ ।यसअघि नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो ।
भने,उनीहरुको अन्त्यष्टी समेत भइसकको छ । आज भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो । उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता थिए । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।File Photo






