२० जेठ,काठमाण्डौ ।
युरोप लगायतको देशमा नियन्त्रणमा आइसकेको कोरोनाभाइरसको संक्रमण नेपालमा तिब्र गतीमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।यो समचार तयार पार्दा सम्म नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.
विकास देवकोटाले सो पुष्टी गरेका हुन् ।प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो।प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ ।






