कोरोनाको उच्च जोखिममा नेपालमा,संक्रमित संख्या पुग्यो १२१२

१७ जेठ,काठमाण्डौ ।
महामारीका रुपमा फैइलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण नेपालमा उग्र रुपमा फैलन थालेको छ । पछिल्ला केहि दिन देखि दैनिक रुपमा एक सय भन्दा बढी नयाँ संक्रमित पुष्टी हुदै गर्दा नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकार बताउछन् । बिहिबार र शुक्रबार दैनिक १७० नयाँ कोरोना संक्रमित पुष्टी भए संगै यो समचार तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमित संख्या एक हजार २ सय १२ पुगेको छ । यसैगरी मृतक संख्या ६ पुगेको छ । भने,निको हुनेको संख्या २०६ पुगेको छ ।नेपालमा लकडाउन यहि २० गते सकिदैछ । यसपछि सरकारले लकडाउन खुकुलो बनाउने संकते गरिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।