१४ जेठ,काठमाण्डौ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको कार्यसूचीबाट नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित समाचारप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाएको छ ।पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले प्रेस बिज्ञप्ती जारी गरी ध्यानाकर्षण गराएका हुन् । उनले प्रेस बिज्ञप्ती जारी गर्नुको उद्देश्य समेत प्रष्ट पारेका छन् ।
नेपाली कांग्रेसले बिधान संशोधन बिधेयकका लागि समय माग गरेकाले बैठकको कार्यसुचीबा सो बिषय हटेको नेकपाका नेता शंकर पोख्रेलले प्रतिकृया दिएका थिए । यस्तै नेपालमा बिधान संशोधन बिधयेक बैठकको कार्यसुचीबाट हटेपछि भारतीय समचार माध्यममा नेपाल नयाँ नक्सा बाट पछि हटेको र सो संशोधन नेपाली कांग्रेस रोकेको भन्दै प्रचार गरिरहेका छन् ।






