१४ जेठ,काठमाण्डौ ।
भारतले अतिक्रमणको प्रयास गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरिएको नयाँ नक्सालाई संविधानमा संशोधन गर्ने प्रस्ताव एकाएक संसदबाट गायब भएको छ ।भारतीय दबावपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस हुने तयारी भएपनि हटाईएको छ ।
बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद सचिवालयले पुष्टि गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।त्यसपछि नेपालको संविधान ‘दोस्रो संशोधन’ विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् । किन हटाइएको हो भन्ने जानकारी नभएको बताउँदै उनले यसबारेमा थप बोल्न चाहेनन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै दलहरूबीच सहमति गर्नका लागि सर्वदलीय बैठक बोलाएका थिए ।बैठकमा कांग्रेसले भने तत्काल निर्णय गर्न नसकिने भन्दै लिपुलेक, कालापानी र लिम्पियाधुराबारे सरकारको निर्णयको स्वागत गरेको बाहिरि भाषण गरेपनि खुल्ला समर्थन गरिसकेको छैन । काँग्रेसले नक्सामा छुटेको भूमि समेट्ने संविधान संशोधनको राष्ट्रिय मुद्दालाई केन्द्रीय समिति बैठकले संविधान संशोधनबारे निर्णय लिने भन्दै टारेको छ ।
ईण्डिया निकट रहँदै रहँदै आएका राजपा र समाजवादी पार्टीले संविधान संशोधनमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने अडान राख्नै नेपालको नयाँ नक्सालाई घुमाउरो गरि अस्विकार गर्ने अडान राखेका छन् ।प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह गरेपनि अन्तिममा आफैंले संसदमा पेश हुने समयमा संविधान संशोधनको विषयनै संसदबाट गायब बनाएका छन् ।
भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन विधेयक आएको हो । नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन हुन लागेको हो ।File Photo*







