१३ जेठ,पर्सा ।
वीरगंजको नारायणी अस्पताल बाट ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालले सोमबार डिस्चार्ज गरेको हो ।अस्पतालको आइसोलेसन वार्डमा भर्ना रहेकाहरुको दुई पटकको पिसिआर रिर्पोट नेगेटिभ आएपछि दुई महिला सहित ४३ जनालाई डिस्चार्ज गरिएको हो ।डिस्चार्ज हुनेमा पर्सा जिल्लाको विभिन्न स्थानबाट आएका दुई महिला र ४१ जना पूरुष रहेका छन
भने सर्लाहीका एक जना पूरुष रहेका छन् । डिस्चार्ज हुनेमा वीरगन्ज ३ छपकैया निवासी एकै परिवारका ७ जना महिला, ११ जना पूरुष र एक जना चार महिनाका शिशु रहेको नारायाणी अस्पताले जनाएका छ । पर्सामा रहेका कुल ९७ जना संक्रमित मध्य नारायणी अस्पतालमा रहेका ७१ जना संक्रमण मुक्त भएका छन् । तस्विरःनेपाल टेलिभिजन






