नेपालमा कोरोना संक्रमित ६८२,मृतक संख्या पुग्यो ४

१२ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमित संख्यामा ७ थपिएका छन् । यो संगै कोरोना संक्रमित संख्या ६ सय ८२ पुगेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यस्तै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको समेत मन्त्रालयका प्रबक्ता डा.बिकास देबकोटाले पुष्टी गरेका हुन् । कोरोनाले गत जेठ ४ मा वीरगंजको नेश्नल मेडिकल कलेजमा मृतक ७० बर्षीय बृद्दामा कोरोना पुष्टी आजै भएको हो । यस्तै चितवनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचाररत एक ब्यक्तीको आज मृत्यु भएको छ । यद्दपी कोरोना पुष्टी हुन बाँकी छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।