कोरोना परिक्षण बिनै ६ हजार नेपाली भारत बाट नेपाल प्रबेश

१० जेठ,कैलाली ।
कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट जेठ महिनाको ५ दिनको अबधिमा ६ हजार तीन सय २० जना नेपालीहरु नेपाल प्रबेश गरेका छन् । उनीहरुको जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उद्धार गरिएकामध्ये २ सय ६ जनालाई धनगढी क्वरेन्टीनमा राखिएको छ भने बाँकी छ हजार एक सय १४ जनालाई सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । भारतमा समस्यामा फसेका नेपालीलाई उद्दार गरे पनि कोरोना परिक्षण नहुदा सुदरपश्चिमा कोरोनाको जोखिम बढेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।