नेपालमा शनिबार बिहान मात्रै थप ३२ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५४८ पुगे

१० जेठ,काठमाण्डौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान मात्रै थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ५ सय ४८ पुगेको छ ।
नयाँ संक्रमितमा कपिलवस्तु, सर्लाही, बारा, चितवन रुपन्देही, काठमाडौं लगायतका जिल्लाका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।