९ जेठ,काठमाण्डौ ।
हाल जारी भारत नेपाल बिचको सिमा बिबादलाई गुगलले समेत निर्णय गरिसकेको छ । गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरे सँगै गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको हो ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च सो क्षेत्रफल देखाउँछ । नेपालले गत बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो । नेपालले नयाँ नक्सा जारी गरे संगै भारतीय मिडियाले यस बिषयलाई चरम उत्कर्षमा पुर्याएको छ ।






