नेपालमा कोरोनाले तेस्रो ब्यक्तिको मृत्यु

८ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका कारण तेस्रो ब्यक्तीको मृत्यु छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।उनको बिहिबार बिहान भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको
५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । उनको मृत्युको कोरोनाले नै भएको पुष्टी मन्त्रालयले नै गरेको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मी घर भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्नेभएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।मृतक पेशाले शिक्षक हुन् । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको समचारमा उल्लेख छ ।नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्। sample photo*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।