नेपालमा थप २५ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ४२७ पुग्यो

७ जेठ,काठमाण्डौ ।
नेपालमा थप २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा.बिकास देबकोटाले सो घोषणा गरेका हुन् । संक्रमित संख्या यो समचार तयार पार्दा सम्म ४ सय २७ पुगेको छ । यस्तै कोरोनाले नेपालमा मृतक संख्या २ छ ।यसैगरी बुधबार केहि अनलाईन मिडियामा गुल्मीका कोरोनासंक्रमितको मृत्यु भएको समचारमा प्रबक्ता देबकोटाले खण्डन गर्दै उक्त बिरामी अझै भेन्टिलेटरमै उपचाररत रहेको बताउदै आधिकारीक स्रोतको समचार प्रकाशन गर्न समेत अपिल गरे ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।