५ जेठ, बुटवल ।
गुल्मीका कोरोना संक्रमित एकको अबस्था नाजुक बनेपछि मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए ।
तर चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।अबस्था नाजुक बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो । उनको परिक्षणको नतिजा आजै पोजेटिभ आएको हो ।






