नेपालमा एकै दिनमा ५६ जनामा संक्रमण,संक्रमित संख्या ३५७ पुग्यो

५ जेठ,काठमाण्डौ ।
नेपालमा सोमबार यो समचार तयार पार्दा सम्म थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बाँके, रौतहट र बारामा थप संक्रमित भेटिएका हुन् । बाँकेमा एकैपटक ४७ जनामा कोरोना संक्रमण देखिएको हो ।यसैगरी रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बारामा एक जनामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३ सय ५७ पुगेको छ । नेपालमा अहिले सम्म कोरोनाले २ जनाको मृत्यु भइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।