५ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरसमे नेपालमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले लकडाउन समेत जेठ २० गते सम्म घोषणा गरिएको छ ।
यसैबिच नेपालमाथप ९ जनामा कोरोना पुष्टी भएको छ । यो संगै संक्रमित संख्या ३ सय ४ पुगेको छ । नया संक्रमितमा रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका
पुरुषहरु, तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यि सबैको परिक्षण राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको समेत मन्त्रालय द्वारा जारी प्रेस नोटमा बताइएको छ । यो जेठ ५ गते बिहान ८ बजेर ४५ मिनेटको ताजा तथ्यांक हो ।






