४ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । आइतबार बिहान ६ बजेर ३० मिनेटमा बाँकेको क्वारेन्टाइनमा रहेका २५ बर्षीय युबाको निधन भएको हो ।बैशाख ३० भारत बाट आएका उनलाई सिधै बाँकेको क्वारेन्टाइनमा राखिएका थियो । उनको मृत्यु पछि स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ पाईएको र मृत्युको कारण पनि कोरोना नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.बिकास देबकोटाले पुष्टी गरे । नेपालमा कोरोनाले पहिलो मृत्यु १० दिने सुत्केरी २९ बर्षिया महिलाको बिहिबार निधन भएको थियो ।File Photo*






