४ जेठ,काठमाण्डौ ।
नेपालमा थप दश जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार बिहान ७८ बजेर १० मिनेटमा स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस नोटमा नयाँ संक्रमित पुष्टी भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित रौतहट राजपुर नगरपालिका फरहदवा वार्ड नम्बर ९ का ७ जना पुरुषहरु र रौतहटकै ईसनाथ नगरपालिका वार्ड नम्बर ३ र ५ का ३ जना पुरुषहरु
हुनुहुन्छ ।यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २९१ पुगेको छ । कोरोना हालसम्म नेपालमा कोरोनाभाइरस २८ जिल्लामा देखिएको छ । नयाँ संक्रमितहरु सबै चिकित्सकको सम्पर्कमा रहेको र अबस्था सामान्य रहेको पनि मन्त्रालयका सहप्रबक्ता समिरकुमार अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।






