४ जेठ,काठमाण्डौ ।
कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी १० दिने सुत्केरी महिलाको सब पशुपति आर्यघाटको विद्युतीय शबदाहमा अन्त्यष्टी गरिएको छ ।सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृत्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाकै कारण मृत्यु भएको भनेर त्यसको औपचारिक पुष्टि
शनिबार बेलुका मात्र गरेको हो ।उनको सबलाई नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याएको थियो । पशुपती आर्यघाटमा सब ल्याउँदा सडकममा मानिसहरुलाई हिड्न समेत बन्देज गरिएको थियो ।वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि
धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।यद्दपी अस्पताल प्रसासनले भने उपचारका क्रममा मृत्यु भएको बताएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु भएको यो पहिलो घटना हो ।नेपालमा कोरोनाको कारण मृत्यु भएपछि आजैदेखी देशभर लकडाउनलाई कडाई गरिने समेत बुझिएको छ । कोरोनाभाईरस बाट संक्रमित संख्या २८१ पुगेको छ ।






