भारतले नेपाली भूमि अतिक्रमण गर्दा किन बोल्दैनन् यी नेता ?

१ जेठ,काठमाण्डौ ।
लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सम्पूर्ण राष्ट्र आक्रोसित छ । सरकारले औपचारिक रुपमा बिरोध जनाइसकेको छ । सत्तारुढ नेकपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथिको अतिक्रमणको बिरोध गरिसकेका छन् । सरकारले गर्ने कूटनीतिक धर्म यही हो । विगतका सरकारभन्दा नेकपाको सरकारले भारतीय हस्तक्षेपको औपचारिक बिरोध गर्ने साहस गरेको छ ।भारतले नेपाली भूमिमाथि अतिक्रमण गरी सडक खन्दा पनि नेपालका कतिपय नेताहरु चुप छन् । देशको सार्वभौमसत्ताको सुरक्षाका बारेमा मधेशवादी नेता त झन् चुप छन् । त्यसरी चुपचाप बसी भारतीय हस्तक्षेपको बिरोध नगर्नेहरुमा तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र यादव छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पनि चुपचाप छन् ।

महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, बिमलेन्द्र निधि, राजेन्द्र महतो, महेन्द्र यादव बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले मधेशका नेताहरुको मौनताबारेमा सामाजिक संजालमा ब्यंग्य गर्दै लेखेका छन्–देशको सार्बभौमिक सुरक्षाका बारेमा राजेन्द्र महतो, बिमलेन्द्र निधि, बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादबहरूले पनि बोल्ने हुन् कि भन्ने ‘चिन्ता’ मलाई जहिले पनि लागिरहन्छ !

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।