३१ बैशाख,काठमाण्डौ ।
नेपालमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ४३ पुगेको छ । आज मात्रै यो समचार तयार पार्दा सम्म नयाँ कोरोना संक्रमित २५ पुगेको छ । यो साँझ ७।१५ बजेको रेकर्ड हो ।
बुधबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको थियो भने अहिले नयाँ संक्रमितहरुमारुपन्देही जिल्लाका १२ जना,कपिल्वस्तुका ८ जना,पर्सा जिल्लाका ३ जना र नवलपरासीका १ जना छन् । पुष्टी भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






