नेपालमा थप एक जनामा कोरोना पुष्टी, संक्रमित संख्या २१८ पुग्यो

३१ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमित संख्या थपिएको छ । बुधबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ।नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी गराए । आजै चितवनकी ६३ बर्षीय महिला कोरोनालाई जितेर घर फर्किएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।