चितवनकी ६३ महिला डिस्चार्ज,चितवन कोरोनामुक्त

३१ बैशाख,चितवन ।
चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छिन् । सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनमा कोरोना संक्रमण नभएको पुष्टि भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।उनले अस्पतालबाट डिस्चार्ज भएता पनि एक–दुई हप्ता उनी घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको पनि बताए । यसअघि वैशाख ११ गते भरतपुर कोभिड–१९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं, २१ गते हेटौंडा र २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरि ४ पटक पिसिआर प्रविधिबाट स्वाब पुनः परीक्षण गर्दा ती महिलाको चारवटै रिपोर्ट पोजेटिभ आएको थियो ।

चितवनकी महिला डिस्चार्ज भएसँगै अब चितवनमा कोही पनि कोरोना संक्रमित छैनन् । पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको समेत गरेर उनको सोमबार र मंगलबारको क्रमशः छैटौँ र सातौं रिपोर्ट हो । उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको छ । कोरोना पोजेटिभ देखिए पनि उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले जानकारी दिए ।महिलाको वैशाख ३ गते गरिएको र्या्पिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा(छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए । नेपालमा कोरोना संक्रमण देखिए पनि यसले खासै असर भने दखिएको छैन । यद्यपि चिकित्सकहरूले यसलाई सामान्य रूपमा नलिन सुझायका छन् । सबैमा उच्च सतर्कता अपनाउन उनीहरूले अनुरोध समेत गरेका छन् । विश्वभर कोरोनाको कारण लाखौंले ज्यान गुमाएको अवस्था छ । photo : saurahaonline

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।