पुल्चोकस्थित निदान अस्पतालका कर्मचारीमा कोरोना पुष्टि पछि अस्पताल सिल

३१ बैशाख,काठमाण्डौ ।
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती अस्पतालको आरोग्य फाउन्डेसनमा कार्यरत कर्मचारी भएको खुलेको छ ।त्यसपछि बुधबार विहानदेखि एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राई जानकारी दिए ।संक्रमित युवती आरोग्य फाउन्डेसनमा कार्यारत एकाउन्टेन्ट रहेको बताइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा कोरोना परिक्षण गर्दा ती युवतीमा कोरोना पुष्टि भएको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन्।

उनीसँगै आएका सवारी चलाकलाई पनि क्वारेन्टाईनमा राखिएको अस्पतालले जनाएको छ । संक्रमित युवतीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।