कतार एयरवेजको नि:शुल्क टिकटका लागि यसरी भर्नुहोस् फाराम

१३ मे,सिड्नी ।
कतार एयरवेजले अष्ट्रेलिया सहितका देशका १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट सुरु गरेको हो । होलिडे प्याकेजका लागि ६ दिनभित्र बुकिङ गरिसक्नुपर्नेछ । तर,बुकिङ गर्दा धेरैले कोसिस गरिरहेकाले सहज रुपमा दर्ता हुन भने गाह्रो छ ।सो योजनामा एक स्वास्थ्यकर्मीसँग अर्को १ सदस्य पनि रहन पाउने जनाइएको छ । निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने छन् । डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुका लागि ल्याइएको यो योजना डिसेम्बर २२ सम्म लागू हुने जनाइएको छ । कोभिड–१९ ले परेको असरलाई न्युनिकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई हौसला दिन यो योजना अघि सारिएको कतार एयरवेजले जनाएको छ । सो प्याकेज प्राप्त गर्नका लागि एयरवेजले तय गरेको फाराम भरी सबमिट गर्नुपर्नेछ । जहाँ नाम,पेशा,कार्यरत संस्था,स्टाफ नम्बर,पासपोर्ट नम्बर,जन्ममिति,पासपोर्टको म्याद सकिने मिति,राष्ट्रियता र काम गरेको देशको नाम भर्नुपर्नेछ । यहाँ क्लिक गरी सिधै दर्ता गर्नुहोस् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।