नेपालमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७ पुग्यो

३१ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसले सताउन थालेको छ । मंगलबार मात्रै ३ चरणमा सार्बजनिक रिपोर्ट अनुसार एकै दिनमा ८३ नयाँ संक्रमित पुष्टी भएको छ । मंगलबार राती १० बजेर १५ मिनेटमा गरिएको सार्बजनिक तथ्यांक अनुसार काठमाडौं र भक्तपुरका तीन जनासहित नयाँ २६ केस गरी कुल २ सय १७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।