नेपालमा थप १३ जनामा कोरोना पुष्टी,संक्रमित संख्या १ सय ३४

२९ बैशाख,काठमाण्डौ ।
नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस नोट जारी गरी सोको पुष्टी गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका नुमुनामा कोरोना पुष्टी भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय ३४ पुगेको छ । नेपालमा करिब डेढ महिना देखिको लकडाउन अहिले देशैभर खुकुलो समेत भइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।