खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

२८ बैशाख,चितवन ।
पूर्वी चितवनमा मा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा ख कुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।फेवातालमा ३ दिनमा २ लास फेलापछिल्लो तीन दिनमा फेवा तालमा २ वटा शव फेला परेका छन् । दुई दिन अघिमात्र एक व्यक्ति फेवा तालमा हाम्फालेर ज्यान फाले । तत्कालै उनको शव निकालिएको थियो । आईतबार फेरी पोखरा १८ सराङ्कोट घर भई ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका ४० बर्षिय राजु बास्तोलाको शव फेला परेको छ ।बिहानै डुंगा सफा गर्ने मान्छेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको साथबाट परिचय खुल्ने सबै डकुमेन्ट, ट्रेकिङ प्रमिट कागजपत्र समेत फेला परिएको थियो । शवको पोष्टमार्टको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल लगिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।