चीनले सच्चायो पोष्ट,सगरमाथा नेपालमै पर्छ

२८ बैशाख,काठमाण्डौ ।
चीनको टेलिभिजन च्यानल सीजीटीएनले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भन्दै गरेको ट्वीट आफ्नो ह्यान्डलबाट हटाएको छ । मे २ तारिखको दिन गरेको उक्त ट्विटर पोष्टबारे विभिन्न नेपाली सञ्चार माध्यममा समाचार आएपछि केही समयअघि उक्त पोष्ट हटाई सच्चाएको छ ।सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा मे २ तारिखका दिन सगरमाथाको केही तस्विर राख्दै सगरमामाथाचीनमा पर्ने दावी गरिएको थियो । ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ’ ट्विटर पोष्टमा भनिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।