नेपालमा ‘कोभिडएनपी एप’ सार्वजनिक

गोरखापत्रबाट,२८ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन र पहिचानका लागि कोरोनाभाइरसको बिशेष एप सार्बजनिक गरिएको खबर गोरखापत्र दैनिकले आजको अंकमा छापेको छ । कोरोना भाइरस सम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको हो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गरेका हुन् । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनु पर्नेमा जोड दिए ।“यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले थपे, “कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।” समचारमा उल्लेख गरिएको छ । नेपालमा ११० जना कोरोना संक्रमित पुष्टी भइसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।