नेपालमा थपिए ७ जनामा कोरोना पुष्टी,संक्रमित १०९ पुगे

२७ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमित बढ्दो क्रममा छन् । शनिबार बिहान मात्रै ७ जना नयाँ संक्रमित पुष्टी भएका छन् । यो संगै देशभर संक्रमित संख्या १ सय ९ पुगेको छ ।उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।